उपसभामुख इन्दिरा राना मगरद्वारा शपथ ग्रहण
काठमाडाैं | माघ ९, २०७९
काठमाडौं: नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उपसभामुख मगरले आज (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ ग्रहण लिनुभएको हो ।
उहाँले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति भवनका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिनुभयो ।
शनिबार बसेको प्रतिनिधि सभा बैठकबाट उपसभामुख पदमा मगर निर्वाचित हुनुभएको हो । मत विभाजन गराउँदा मगरको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो । एक सांसद भने तटस्थ बसेका थिए ।
झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनियाँ बस्तीकी मगर समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

